२०८१ बैशाख २२ शनिबार

कोशीमा मुख्यमन्त्री कार्कीको विकल्पको सरकार नबन्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा नयाँ गठबन्धनपछि प्रदेश सरकारबारे छलफल गर्न बैठक राखेका थिए ।

उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, इतर समूहका नेता डा. शेखर कोइराला, कोशीका मुख्यमन्त्री केदार कार्कीसहितका नेताहरू उपस्थित थिए ।

बैठकले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘कोशीको वस्तुस्थितिमा छलफल भएको हो । वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउन नमिल्ने र विघटन पनि गर्न नसकिने कुरा उठेकोमा सोहीलाई सदर गरिएको छ,’ महतले भने ।

१ कात्तिकमा विश्वासको मत लिँदा मुख्यमन्त्री कार्कीलाई एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसदहरूले विश्वासको मत दिएका थिए । केन्द्रमा समीकरण फेरिएर कांग्रेस प्रतिपक्षमा पुगे पनि प्रदेशमा भने अन्य दलहरूले समर्थन फिर्ता लिएका छैनन् । उनीहरू सरकारको विकल्प खोज्न छलफलमा छन् । शिलापत्रबाट

२०८० चैत्र २, शुक्रबार प्रकाशित 0 Minutes 97 Views

ताजा समाचार