२०८३ जेष्ठ २१ बिहीबार

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लडेर गम्भीर घाइते

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भीर घाइते भएकी छन् । उनको कोलकाताको सेठ सुखलाल करनानी मेमोरियल अस्पताल (एसएसकेएम)मा उपचार भइरहेको छ । जुन सरकारी अस्पताल हो ।

अस्पतालका एक अधिकारीले ६७ वर्षीया बनर्जी घरमै चिप्लिएर लडेको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ । उनी दक्षिण कोलकातस्थित बालिगन्जको कार्यक्रमबाट फर्किएलगत्तै लडेको समाचारमा उल्लेख छ ।

उनको पार्टी तृणमूल कांग्रेसले ट्विटरमार्फत बनर्जीका तस्बिहरू सार्वजनिक गर्दै चोट लागेको जानकारी गराएको छ । जहाँ उनको निधारमा चोट लागेको देखिएको छ ।

२०८० चैत्र २, शुक्रबार प्रकाशित 0 Minutes 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।