राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दा नै स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएबमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर दिनुपर्ने व्यवस्था छ ।
त्यसैअनुसार विभागले २७ फागुन २०८०को निर्णयअनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न भन्दै परिपत्रमा गरेको छ ।
ऐन र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण गर्ने व्यवस्था भएअनुसार २१ फागुनदेखि विभिन्न नेपाली नियोगबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता प्रक्रिया सुरुवात भइसकेको छ ।
नेपाली राजदूतावास बेइजिङ चीन, टोकियो जापान, पेरिस फ्रान्स, दोहा कतार, मड्रिड स्पेन, लण्डन संयुक्त अधिराज्य, क्यानबेरा अस्ट्रेलिया, वासिङ्टन डीसी अमेरिका, बर्लिन जर्मनी, क्वालालम्पुर मलेसिया, रियाद साउदी अरेबिया, सियोल दक्षिण कोरिया, अबुधाबी संयुक्त अरब ईमिरेट्स, बैंकक थाईल्याण्डर ओटवा क्यानडाबाट जन्म तथा मृत्यु दर्ता गर्न सुरु भएको छ ।
अनलाइन खबरबाट