२०८३ जेष्ठ २८ बिहीबार

रुसी सेनामा भर्ना भएका झापाका अधिकारीसहित थप ७ जना नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

रुसी सेनामा ज्यान गुमाएका नेपालीको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुन:अनुरोध गरिएको सरकाले बताएको छ।

२०८० चैत्र १, बिहीबार प्रकाशित 0 Minutes 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।