२०८१ बैशाख २१ शुक्रबार

लागूऔषध कारोबारमा संलग्न इलामका राई कुवेतबाट पक्राउ

काठमाडौँ । लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भइ फरार रहेका एक आरोपितलाई प्रहरीले कुवेटबाट पक्राउ गरेको छ ।

ती व्यक्तिलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरी खोजीलाई तीब्र पारेको थियो । लागूऔषध कारोबारमा संलग्न भइ फरार ती प्रतिवादी इलाम नगरपालिका–१२ का रोशन राई हुन् । उनलाई कुवेतबाट पक्राउ गरेर बिहीबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राई विरुद्ध गत पुस २५ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

गत साउन २६ गते प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित इलाम नगरपालिका–९ का विकास बसेलसमेत ३ जनालाई पक्राउ गरेको थियो ।

लागूऔषध कारोबारमा राई संलग्नता रहेको खुल्न आएपछि रेड नोटिस जारी गरिएको थियो । राईलाई कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ । इकान्तिपुरबाट

२०८० चैत्र १, बिहीबार प्रकाशित 0 Minutes 62 Views

ताजा समाचार