२०८१ बैशाख १५ शनिबार

यातायात क्षेत्रका सिण्डिकेट, बिचौलियापन हटाउने अभियान सुरु

काँकरभिट्टा । कोशी प्रदेशका निर्वतमान सांसद् श्रीप्रसाद मैनालीले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट, कर्मचारीको बिचौलियापन, अमर्यादित, अव्यवस्थित भएकाले अनुशासित, मर्यादित र व्यवस्थित गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए । उनले प्रविधिको विकाससँगै बसमा यात्रा सहजका लागि अनलाइन टिकटको प्रक्रिया अघि बढाएको जानकारी दिए । अनलाइन टिकटले यात्रु आफँैले यात्रा गर्न लायक सवारी छनौट गर्न पाउने भएकाले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायी मर्यादा र यात्रुले आरामदायी यात्रा गर्न पाउने नयाँ नियम लागू गर्ने योजना रहेको मैनालीले बताए ।

मेचीनगर-६ काँकरभिट्टास्थित बुधबार पूर्व मेची बस व्यवसायीसंघको सभाहलमा बुधबार संयुक्त यातायात व्यवस्थापन शुभारम्भ कार्यक्रममा श्रीप्रसाद मैनालीले उद्घाटन गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध ४ वटा यातायात कम्पनीले यात्रुबाहक बसलाई बिहिबारदेखि नयाँ ढंगले देश ब्यापी रुपमा सञ्चालन गर्ने भएको छ ।

यातायात क्षेत्रमा देखिएका समस्या, विकृतीलाई रोक्दै अनुशासित, मर्यादित र व्यवस्थित ढंगले संचालन ४ वटा कम्पनीले चैत १ गतेदेखि अभियान सुरु गर्ने भएको हो । मेची संयुक्त यातायात व्यवस्थापन समिति बनाएर अभियान सुरु गर्ने भएको छ ।

यातायात प्रा.लिमा आवद्ध यात्रुबाहक बिच भाडादर रेटमा समस्या भएको थियो । सार्वजनिक यातायातको साधनबीच अस्वास्थ्य प्रतिस्पर्धा भएकै कारण राज्यले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादर भन्दा घटाघट रुपमा प्रतिस्पर्धा गर्दै यात्रु बोक्दै आएका थिए । बिचौलियाकै कारण घट्दो भाडादर लिएर यात्रु बोक्दै आएका यातायात व्यवसायीले आफँैले नोक्सान व्यहोर्दै आएको व्यवसायीले बताए ।

पुर्व मेची बस व्यवसायी प्रा.लि, पूर्वी हिमाल यातायात प्रा.लि, मेची यातायात एण्ड अटो प्राली र मेची सुपर प्रा.लिमा आवद्ध भएका छोटो र लामो दुरीमा ८ सय बढी यात्रुबहाक बस सञ्चालनमा रहेका छन् । ती कम्पनीबीच आपसी सहमती र समन्वयमा मेची संयुक्त यातायात व्यवस्थापन समिति गठन गरिएको मेची बस व्यवसायी संघका पूर्व अध्यक्ष एवम् विभागीय प्रमुख विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका संयोजक राजेन्द्र रिजालले कार्यक्रमबारे प्रकाश पार्दै मेची संयुक्त यातायात व्यवस्थापन समितिले जारी गरेको १५ बुदेँ कार्यपत्र सार्वजनिक गरेका थिए । मेची संयुक्त यातायात समिति मातहत रहने गरी सोही समितिको ब्यानरबाट काँकरभिट्टादेखि भित्री शाखा रुटलगायत दमक क्षेत्रमा संयुक्त टिकट बुकिङ काउण्टर स्थापना गरिसकेको छ । संयुक्त टिकट बुकिङ व्यवस्थापन प्रयोजनका निमित्त यसै क्षेत्रमा सेवा प्रवाह गर्ने व्यवसायीहरुद्वारा गठित पूर्व यातायात व्यवस्थापन प्रा.लि काठमाडौसँग आवश्यक समन्वय र सहकार्य गर्ने कार्यपत्रमा उल्लेख छ ।

अव्यव्यवस्थित सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मेचीनगरपालिकाद्वारा गठित मेचीनगर यातायात व्यवस्थापन समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने, आआफ्नो कर्मचारी र आफ्नो सवारीको क्युको आर्थिक श्रोत आआफ्नो प्रालीमा निहित रहने व्यवस्था मिलाइएको, ऐसि तथा डिलक्स मापदण्ड सवारी साधनहरुले प्रकृतिअनुसारको स्तर कायम भएको हुनुपर्नेछ लगायतका १५ बुदे कार्यपत्रमा रहेको छ ।

कार्यक्रममा मेचीनगर यातायात ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरे, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठ, ट्राभल्स संघ मेचीनगरका अध्यक्ष नेतबहादुर कार्की, काँकरभिट्टा ट्राफिक पोस्टका प्रहरी नायव निरीक्षक मनमोहन पौडेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार सुवेदीलगायतले आआफ्नो ठाउँबाट पुणर् रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेमराज दाहालले स्वागत मन्तव्य र बिष्णुकुमार श्रेष्ठले संचालन गरेका थिए ।

२०८० फाल्गुन ३०, बुधबार प्रकाशित 1 Minute 562 Views

ताजा समाचार