२०८३ जेष्ठ २८ बिहीबार

त्रिभुवन विश्वविद्यालयले चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने

३० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनमार्फत दिने भएको छ ।

कार्यालयका प्राविधिक प्रमुख दीपक शाहीले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनबाट दिने गरी तयारी भइरहेको बताए ।

‘आउँदो महिनाबाट पूर्ववत योजना अनुसार अनलाइन आवेदन लिने र उपत्यकाको लागि बल्खुबाट र अन्य क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गर्ने गरी काम गर्दैर्छौं’, उनले भने ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाटै अनलाइनमार्फत सेवा दिन सुरु गरेको घोषणा गरेको थियो । तर त्यसै दिन वेबसाइट ह्याक भएपछि सेवा अवरुद्ध भएको थियो । वेबसाइट सञ्चालन भएपछि कार्यालयले अनलाइनमार्फत आवेदन संकलन मात्र गर्दै आइरहेको छ ।

कार्यालयका प्राविधिक प्रमुख दीपक शाहीले भने, ‘हाललाई विद्यार्थीले अनलाइन अप्लाई गर्ने र कार्यालयले जाँच गरेर नपुग भएको कागजातबारे जानकारी दिने तर शैक्षिक प्रमाण पत्र भने भौतिक रुपमा बल्खुबाटै वितरण भइरहेको छ ।’

अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, प्रोभिजनल र पुनर्योग (रिटोटलिङ) को लागि अनलाइन आवेदन लिने र भौतिक रुपमा सेवा दिइरहेको शाहीले जानकारी दिए । अनलाइनखबर

२०८० फाल्गुन ३०, बुधबार प्रकाशित 0 Minutes 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।