२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वास पाउन बहुमतका लागि १३८ मत आवश्यक पर्छ । नेकपा एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २१, जसपा १२, एकीकृत समाजवादी १०, नाउपा ४, आजपा १ र स्वतन्त्र दुई सांसद (अमरेस कुमार सिंह र योगेन्द्र मण्डल) प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा छन् । यी सबैको मत जोड्दा १५८ मत पुग्छ ।
पछिल्लो सत्ता समीकरण फेरिएसँगै गत बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा १५७ सांसद सत्ता पक्षको बेन्चमा थिए ।
यसैगरी विपक्षमा नेपाली कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ र नेमकिपाका १ सांसद छन् । यी सबैको मत जोड्दा ११२ मत हुन्छ । १ सांसद रहेको जनमोर्चा तटस्थ बस्ने सम्भावना छ । अनलाइन खबरबाट