२०८१ बैशाख ७ शुक्रबार

प्रदेश १ मा सोमबारसम्म मन्त्रालय टुंगो लाग्छ : मुख्यमन्त्री कार्की

झापा । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्म मन्त्रालय टुंगो लगाउने बताएका छन्। आज (बिहीबार) पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरूको जिम्मेवारी तोकिने बताउँदै ९ वटाभन्दा बढी मन्त्रालय नराखिने दावीसमेत गरे। उनले गठबन्धन सरकार भएकाले समझदारीमा अगाडि बढ्नेसमेत बताए।

मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथग्रहण गरेका थिए भने उनी नियुक्त भएयता ७ जना विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन्।

२०७९ माघ ५, बिहीबार प्रकाशित 0 Minutes 193 Views

ताजा समाचार