२०८१ जेष्ठ ६ आईतवार

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि शुरु

काठमाण्डौ – इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान महिना आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम समुदयका मानिसहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि शुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ।उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुस्लिमको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ ।

यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुस्लिमहरुले रोजा बस्नुलाई गर्वका रुपमा लिने गरेका छन् ।  ।

नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन । दान गर्नु, गरिब र दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्नु अघि हिजो साँझ मुस्लिमहरुले चन्द्रमा हेर्ने प्रचलन छ । उज्यालो अनलाइन

२०८० फाल्गुन २९, मंगलवार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार