२०८३ जेष्ठ २१ बिहीबार

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : कांग्रेसका युवराज शर्माको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। उनी नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको समर्थनमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनेका थिए।

मंगलाबार राष्ट्रियसभामा भएको मत विभाजन प्रक्रियाबाट शर्मालाई राष्ट्रियसभा अध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। उनको प्रस्तावको पक्षमा १७ मत खस्यो भने विपक्षमा ३९ मत खस्यो।

अब नारायण दाहाललाई अध्यक्ष पदममा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मत विभाजन भइरहेको छ । थाहा खबरबाट

२०८० फाल्गुन २९, मंगलवार प्रकाशित 0 Minutes 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।