२०८१ बैशाख १२ बुधबार

अर्जुनधारा प्रेस क्लबद्वारा भवन बनाउने समिति गठन

अर्जुनधारा । अर्जुनधारा प्रेस क्लब झापाको कार्यालय भवन निर्माण गर्नका लागि समिति गठन भएको छ । क्लबका अध्यक्ष रमेश समदर्शीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति बनेको हो ।

क्लबको बिहिबार बसेको बैठकले समितिमा निवर्तमान अध्यक्ष कुमार भट्टराई, सल्लाहकार दिपिन राई, उपाध्यक्ष प्रेम आचार्य, सचिव नरेश खाती, कोषाध्यक्ष पुष्पा जवेगु र सदस्य मनिता योञ्जन सदस्य रहेका छन् ।

समितिले अर्जुनधारा-८ मा क्लबको कार्यालय भवन निर्माणका लागि काम गर्ने बताइएको छ । कार्यालय भवन निर्माणका लागि दाताबाट ९.५ धुर जग्गा प्राप्ति भइसकेको छ ।

बैठकले स्थानीय सरकार र प्रदेश सरकारलाई भवन निर्माणमा सहयोगका लागि प्रस्तावसहित अनुरोध गर्ने निर्णय पनि गरेको क्लबका अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक रमेश समदर्शीले बताए । यसैबीच, निवर्तमान अध्यक्ष भट्टराईले क्लबको नाममा रहेको जग्गा धनीपूर्जा, संस्थाको विधानलगायत कागजात हस्तान्तरण गरेका थिए ।

२०७९ माघ ५, बिहीबार प्रकाशित 1 Minute 165 Views

ताजा समाचार