बिर्तामोड – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०८० वैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ बिगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



