
बिर्तामोड – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०८० वैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ बिगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।
२०८० फाल्गुन २८, सोमबार प्रकाशित
0 Minutes
271 Views