२०८१ बैशाख २२ शनिबार

उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु

उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर इलामका एक युवकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग गाईघाट–कटारी सडक खण्ड अन्तर्गत त्रियुगा नगरपालिका- ७ कालिखोला होक्सेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इलामको सूर्योदय नगरपालिकाका २४ वर्षीय प्रतीक राईको मृत्यु भएको हो ।

कटारीबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशामा रहेको झापाली राईडर लेखिएको प्रदेश १–०१–०१६प ४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०८० फाल्गुन २८, सोमबार प्रकाशित 1 Minute 97 Views

ताजा समाचार