२०८१ बैशाख २१ शुक्रबार

झापामा शिव ‘उत्पत्ति’ भएको मूर्ति हरायो कि लुकाइयो ?

झापाको बिर्तामोड नगरपालिका–१ मा उत्पत्ति भएको भनिएको शिवको मूर्ति हराएको छ । गत शुक्रवार बिहान उत्पत्ति भएको भन्दै प्रचार गरिएको शिवको मूर्ति हराएको हो ।

स्थानीय मुना आचार्य ‘माता’ को घरमा उत्पत्ति भएको भनिएको मूर्ति हराएको घटनाले मातामाथि आशङ्का बढेको छ । उत्पत्ति भएको भन्ने , उत्पत्ति बारे अन्यौलता व्यक्त गर्ने र आज हराएको भन्न थालेपछि अधिकांशले माताको फण्डा भएको प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

शिवको प्रतिमा उत्पत्ति हुनै नसक्ने भएकाले मातामाथि नै अनुसन्धान अघि बढाउन कतिपयले धारणा व्यक्त गरिरहेका छन् । शिव उत्पत्तिको सन्दर्भमा मातामाथि चर्को दबाब बढेपछि उनैले लुकाएको हुन सक्ने शङ्का गरिएको छ । बोलीमा स्थिर नहुने माताको घरमा भएको शिव उत्पत्तिको प्रकरणले उनीमाथि विश्वास हराएको टिप्पणी हुन थालेको छ ।

शुक्रवार शिवको उत्पत्ति भएको प्रचार गरेसँगै भक्तालुहरूको भीड लागेको थियो । शनिवार छोपेर राखिएको शिवको प्रतिमा आज नभेटिएपछि स्थानीय समेत अचम्मित भएका छन् ।

२०८० फाल्गुन २८, सोमबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार