२०८३ जेष्ठ २१ बिहीबार

पूर्वी नाका काँकरभिट्टाबाट अवैध सामान बरामद

काँकरभिट्टा । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको विभिन्न सामान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ मेचीनगर-६ हनुमान मन्दिर छेउमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी मूल्य २७ हजार बराबरको सटको रोल कपडा र कुर्था सुरुवालको कपडा बरामद गरेको हो ।

त्यस्तै सोही प्रहरी टोलीले बिहीबार बिहान ९:१५ बजे मेचीनगर- ६ मेची पुलमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको अन्दाजी मूल्य ८ हजार बराबरको २ बोरा सुर्ती र दिउँसो १२ बजे मेचीनगर नगरपालिका तुर्केनि खेलमैदानमा चेकजाँच गर्ने क्रममा अन्दाजी मूल्य ५० हजार बराबरको १३ थान ढाकाको कपडा बरामद गरेको हो । ती सामानलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७९ माघ ५, बिहीबार प्रकाशित 1 Minute 551 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।