२०८३ जेष्ठ २१ बिहीबार

राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

त्यस लगत्तै उम्मेदवारको नामावली प्रकाशन गरिने छ। राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मंगलबार चुनाव हुँदै छ।

सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ। आइतबार बसेको माओवादी केन्द्रको बैठकले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ। नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

न्यूज अफ नेपाल

२०८० फाल्गुन २८, सोमबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।