२०८१ बैशाख ८ शनिबार

नवनिर्वाचित सभामुख घिमिरेले भने- ‘निष्पक्ष भूमिका निभाउँछु’

झापा ।  प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि संसद्‌ भवनबाट बाहिरिने क्रममा घिमिरेले सभामुखको रुपमा आफूले निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका हुन् ।

‘सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको छ, त्यो अभ्यासबाट म निर्वाचित भएको छु, सभामुखको भूमिकामा राम्रो भूमिका निभाउनेछु,’ उनले भने, ‘त्यहीअनुसार योजनाहरू बनाएर काम गर्नेछु । निष्पक्ष र तटस्थ भूमिकामा मेरो बोली र व्यवहार देख्नुहुनेछ ।’

उनले विगतमा सभामुखहरूले गरेका कमजोरीहरूबाट शिक्षा लिएर अघि बढ्ने बताए । ‘यो दलीय व्यवस्था हो । दलहरूसँग छलफल गरेर, समन्वय गरेर नै अघि जाने हो,’ उनले भने ।

उनले प्रतिनिधिसभा संचालन गर्दा कसैलाई पनि दलीय आधारमा भेद्भा‌व नगर्ने बताए ।

२०७९ माघ ५, बिहीबार प्रकाशित 0 Minutes 167 Views

ताजा समाचार