२०८२ बैशाख २६ शुक्रबार

उपनिर्वाचनको उम्मेदवारका लागि सुवास नेम्वाङ पुत्र सुहाङले दिए निवेदन

काठमाडौँ- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारीका लागि सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले निवेदन दिएका छन् ।

उनले आइतबार उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका हुन् ।

संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख नेम्वाङको निधन भएपछि इलाम- २ मा हुँदैछ ।

यसका लागि उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् ।

एमालेको इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिएका छन् ।

सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलालले निवेदन दिएका हुन् ।

यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची रहेको छ ।

२०८० फाल्गुन २७, आईतवार प्रकाशित 1 Minute 286 Views

ताजा समाचार