२०८३ जेष्ठ २१ बिहीबार

उपनिर्वाचनको उम्मेदवारका लागि सुवास नेम्वाङ पुत्र सुहाङले दिए निवेदन

काठमाडौँ- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवारीका लागि सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङले निवेदन दिएका छन् ।

उनले आइतबार उम्मेदवारका लागि पार्टीमा निवेदन दिएका हुन् ।

संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख नेम्वाङको निधन भएपछि इलाम- २ मा हुँदैछ ।

यसका लागि उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् ।

एमालेको इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिएका छन् ।

सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलालले निवेदन दिएका हुन् ।

यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची रहेको छ ।

२०८० फाल्गुन २७, आईतवार प्रकाशित 1 Minute 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।