२०८३ जेष्ठ २१ बिहीबार

राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमै हातपात

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो।

कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुन: बस्ने गरी स्थगित भएको छ। बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि हातपात भएको हो।

कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो।

‘भ्रष्टाचारका विषयमा ठूला कुरा नगरे हुन्छ’ भनेर पाण्डेलाई श्रेष्ठले भनेको एक कार्यसम्पादन समिति सदस्यले बताए।

बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ। राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।

‘कार्यसम्पादन समिति सदस्य श्रेष्ठमाथि हातपात भएको हो, कसले किन गरेको हामी खोज्छौं,’ राप्रपाका एक नेताले भने। रातोपाटी

२०८० फाल्गुन २७, आईतवार प्रकाशित 1 Minute 315 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।