२०८१ बैशाख १५ शनिबार

नेपालको पर्यटन विकासमा सघाउँदैछ भारत

झापा । नेपालको पर्यटन विकासमा भारतीयहरूले महत्वपूणर् भूमिका निर्वाह गरिरहेका छन् । फरवरीमा नेपाल आउने विदेशी पर्यटकको सूचीमा भारतीयहरू शीर्ष स्थानमा छन् । नेपाल पर्यटन बोर्डले हालै यसबारे जानकारी दिएको छ ।

गत महिना कुल ९,७४२६ पर्यटक नेपाल आएका छन्, जसमध्ये २५ हजार ५ सय ७८ भारतका थिए । यसपछि चीनबाट ९ हजार १ सय ८० र अमेरिकाबाट ९ हजार ८९ पर्यटकले नेपालको भ्रमण गरेको बताइएको छ । रिपोर्ट अनुसार यो सूचीमा ४ हजार ७९९ पर्यटकसहित थाइल्यान्ड चौथो स्थानमा छ भने बेलायत र बंगलादेश क्रमश ४,५७१ र ४,०९९ पर्यटकसहित पाँचौँ र छैटौँ स्थानमा छन् ।

एनटीबीका निर्देशक मणि लामिछानेले फरवरीमा २५ हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको भए पनि भारतबाट ठूलो संख्यामा स्थलमार्गबाट पर्यटक आएकाले वास्तविक संख्या योभन्दा बढी रहेको बताएका छन् । जनवरीमा भारतबाट नेपाल आउने पर्यटकको संख्या १८ हजार ४१ थियो ।

फरवरीमा नेपालमा हवाई मार्गबाट आउने पर्यटकको संख्या २०२३ को फरवरीको तुलनामा ३३ प्रतिशतले बढेको छ । फरवरीमा ७३ हजार २ सय ५५ पर्यटक आएका थिए । एनटीबीका अनुसार फरवरी २०१९ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १,०२,४२३ थियो ।
कोभिड-१९ बाट नराम्ररी प्रभावित नेपालको पर्यटन क्षेत्र सन् २०२४ मा पुनरुत्थान हुने अपेक्षा गरिएको र फेरवरीको तथ्यांक सकारात्मक संकेत भएको लामिछानेले बताए । मार्चपछि पर्यटन सिजन सुरु हुने भएकाले आगामी महिनादेखि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने जनाइएको छ ।

नेपालको पर्यटकीय स्थलको कुरा गर्ने हो भने राजधानी काठमाडौंमा धेरै पर्यटकहरू घुम्न रुचाउँछन् । गर्मी मौसममा पनि घुम्नका लागि काठमाडौं राम्रो ठाउँ भएकोले यहाँ धेरै पर्यटकहरू आउने गरेका छन् । यसपछि पोखरा पनि पर्यटकको मनपर्ने ठाउँमध्ये एक हो । यहाँ पनि धेरैजसो पर्यटक आउने रुचाउँछन् । यसको साथै भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा पनि धेरै पर्यटकहरू आउने गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी मुलुकका भ्रमण गरिने पर्यटकीय गन्तव्यमा एक रहेको छ । विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार हेर्न विदेशी पर्यटक आतुर देखिएको लुम्बिनी होटल संघका सल्लाहकार खिम श्रेष्ठले बताए ।

गत फागुनमा भारतीय आध्यात्मिक गुरु मुरारीबाबुको लुम्बिनीमा आवागमनपछि यहाँ आउने भारतीय पर्यटक बढेका छन् । २०२३ मा २ लाख ६६ हजार ५ सय १० भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेका थिए । त्यस वर्ष २ लाख ३० हजार ४ सय १३ पर्यटक लुम्बिनी आएका थिए ।

२०२२ र २०२३ अघि यति धेरै संख्यामा भारतीय पर्यटक यहाँ आएका थिएनन् । प्रधानमन्त्री मोदी र बाबुको भ्रमणपछि लुम्बिनीमा आउने भारतीय पर्यटकहरूको संख्यामा वृद्धि भएको हो । पछिल्लो ४ महिनामा मात्रै भारतीय १ लाख बढी पर्यटक यहाँ आएका छन् ।v

२०८० फाल्गुन २५, शुक्रबार प्रकाशित 1 Minute 418 Views

ताजा समाचार