२०८१ बैशाख २१ शुक्रबार

प्रेरणादायी महिला पौडेल र सुनुवार सम्मानित

काठमाडौं, फागुन २४ गते । माइती नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसमा प्रेरणादायी कार्य गर्ने मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई सम्मानित गरेको छ ।

दृष्टिविहीन रहनु भएकी इन्डियन आइडल सिजन १४ मा बलियो प्रतियोगीका रूपमा दर्शकको मन जितेकी पौडेल र ८० वर्षको उमेरमा उच्च माध्यमिक तहको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेर शैक्षिक उत्कृष्ठता हासिल गर्ने सुनुवारलाई सम्मानित गरिएको जानकारी माइती नेपालले दिएको छ ।

नेपालस्थित भारतीय राजदूतावास, माइती नेपाल र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र बीपी कोइराला इन्डिया–नेपाल फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले महिला सशक्तीकरण र उनीहरूको अधिकारको वकालत गर्न माइती नेपालको प्रतिबद्धतालाई जोड दिनु भयो ।

उहाँले महिलाको उल्लेखनीय उपलब्धिको कदर गर्ने र आम महिलालाई अवरोधहरू तोड्न र आफ्नो सपनालाई पछ्याउन प्रेरित गर्ने मञ्चको रूपमा उपयोग गर्नेमा जोड दिनुभयो । माइती नेपालले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने, मानव बेचबिखन र शोषणलाई रोक्न र दुर्व्यवहार र शोषणबाट बाँचेकालाई सहयोग गर्दै आएको छ । गोरखापत्र अनलाइन

२०८० फाल्गुन २४, बिहीबार प्रकाशित 0 Minutes 74 Views

ताजा समाचार