काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो ।
रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै
नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन् ।

त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



