२०८१ बैशाख २१ शुक्रबार

एक महिनापछि अनिवार्य अवकाशमा जाँदै एआईजीद्वय भण्डारी र चौधरी

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मिरा चौधरी अनिवार्य अवकाशको मुखमा पुगेका छन् ।

एआईजीको उमेरहदका कारण उनीहरु अवकाशमा जान लागेका हुन् । २०५२ चैत ५ गतेदेखि प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा सुरु गरेका भण्डारी र चौधरी एकसाथ अवकाशमा जान लागेका हुन् ।

उनीहरु एक महिनापछि वैशाख ५ र ७ गते एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका हुन् । प्रहरी नियमावली अनुसार एआईजीको पदावधि ५ वर्ष राखिएको छ भने उमेरहदका आधारमा ५६ वर्षमा अवकाश तोकिएको छ । उनीहरु उमेरहदका आधारमा अवकाशमा जान लागेका हुन् ।

एआईजी भण्डारीको जन्ममिति २०२५ वैशाख ५ र चौधरीको सोही महिनाको ७ गते रहेको छ । उनीहरुबोहक डीआईजी विकाशराज खनालसमेत वैशाख ७ मै अवकाश पाउँदैछन् । उनी पनि डीआईजीको ५६ वर्षे उमेरहदकै कारण अवकाशमा जान लागेका हुन् । उनकोसमेत २०२५ वैशाख ७ जन्ममिति छ ।

एआईजी भण्डारी प्रहरी प्रतिष्ठान महाराजगञ्ज र मिरा प्रशासन विभाग प्रमुख छन् । त्यस्तै डीआईजी खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुलाई किताबखानाले अवकाशको पत्र पठाइसकेको छ ।

२०८० फाल्गुन २३, बुधबार प्रकाशित 0 Minutes 39 Views

ताजा समाचार