२०८३ जेष्ठ २२ शुक्रबार

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएर शीतलनिवास जानेछन् : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने जिकिर गरेका छन् । बुधबार नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग शर्माले परिस्थितिमा बदलाव आइसकेको बताए ।

“अहिले धेरै टिप्पणी गर्न जरुरी छैन । किनभने, अहिले सभामुखको निर्वाचनको समय हो । त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुनेछ,” उनले भने, “फरक ढंगले हामी गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।”

‘वर्तमान सत्ता गठबन्धन भत्कन्छ वा कसरी राष्ट्रपति कांग्रेसको प्रस्तावको व्यक्ति निर्वाचित हुन्छ ?’ भन्ने प्रश्नमा उने सबै कुरा बताउने समय नआएको जवाफ दिए ।

केही दिनअघि नेकपा (माओवादी केन्द्र) र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । त्यसयता कांग्रेस नेताहरूले माओवादीसँग राष्ट्रपतिमा सहमति भएको बताउँदै आएका छन् । माओवादी नेताले भने त्यो विषयमा नबोल्ने वा खण्डन गर्ने गरेका छन् ।

२०७९ माघ ४, बुधबार प्रकाशित 0 Minutes 741 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।