२०८१ जेष्ठ ४ शुक्रबार

सुनको भाउ बढेको बढ्यै : तोलाकै १ लाख २३ हजार ५ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । मंगलबार २ हजार रुपैयाँले बढेर उच्च रेकर्ड कायम भएको सुनको मूल्यमा आज फेरी ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२०८० फाल्गुन २३, बुधबार प्रकाशित 0 Minutes 71 Views

ताजा समाचार