२०८१ बैशाख १५ शनिबार

रोट्राक्ट काँकरभिट्टाद्वारा राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीलाई सम्मान

काँकरभिट्टा । रोट्राक्ट क्लब अफ काँकरभिट्टाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडी तथा क्रिकेट प्रशिक्षकलाई शनिबार एक कार्यक्रमका बीच मायाको चिनोसहित सम्मान गरेको छ ।

सम्मानित हुने खेलाडीहरुमा हालै सम्पन्न एसीसी वुमन्स क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै शतक प्रहार गर्न सफल पूर्व कप्तान रुबिना क्षेत्री, काजल श्रेष्ठ, सबनम राई, अप्सरी बेगम, रोमा थापा, संगिता राई तथा मिलन क्रिकेट एकाडेमीका प्रशिक्षक बिरु श्रेष्ठ रहेका छन् ।

शनिबार तुर्केनी खेल मैदानमा आयोजित स्व. अरुण मेमोरियल अन्तर जोन रोट्राक्ट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि इटाँभट्टाले जितेको छ । फाइनल खेलमा काँकरभिट्टालाई हराउदै इटाँभट्टाले उपाधि चुमेको हो ।

प्रतियोगितामा जोन वानबाट ६ वटाको क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रुद्र मैनाली, डिआरसी सुजन प्रधान, रोटरी क्लब अफ काँकरभिट्टाका प्रेसिडेन्ट नोमिनि उदयकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

रोट्राक्ट क्लब अफ काँकरभिट्टाका अध्यक्ष सौभाग्य थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पीएससी विशाल तामाङ र विश्वास दाहालले गरेका थिए ।

२०८० फाल्गुन २०, आईतवार प्रकाशित 0 Minutes 592 Views

ताजा समाचार