
मेचीनगर । मेचिनगरस्थित भान्सा खोलामा भएको घटनालाई गम्भीरतापुर्वक लिँदै नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का सांसद् बिश्वप्रकाश शर्माले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
महामन्त्री शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्याललाई टेलिफोनमार्फत ध्यानाकर्षण गराएका थिए ।

यस्तो छ ध्यानाकर्षणमा पत्र
१) सर्वप्रथम त घटनामा जो घाइते भएका छन् तिनको आवस्यक सम्पुणर् उपचारको व्यवस्था ।
२) सिमा क्षेत्रमा कुनैपनि प्रकृतिको अव्यवस्था या बेथितिका घटना भएका छन् भने त्यसलाई नियन्त्रण गर्न राज्यप्रशासन तदारुक हुनैपर्छ र त्यसमा नागरिकको सहयोग रहनुपर्छ । बेथितिमा कोहि कसैको पनि सहभागितालाई निरुत्साहित गर्न राज्यले पक्राउ गर्न पाउँछ र कानुनी कार्वाही गर्न सक्दछ । तर पुरै गाउँ आतंकित बन्नेगरी, निहत्था नागरिक गम्भीर घाइते भएर अस्पताल पुर्याउनु पर्नेगरी घटना हुनु अत्यन्तै दुःखद भएको छ ियो घटना कसरी हुन गयो यसको निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर ल्याउन जरुरी ।
३) यस्तो प्रकृतिको घटना आगामी दिनमा दोहोरिन नदिन राज्यप्रशासन र नागरिक बिचको सम्बन्धलाई सहजीकरण गर्न जरुरी । त्यसका लागि घटनाको ढाकछोप र अमैत्रीपुणर् टालटुले समाधान होइन दोषी जो हुन् तिनलाई आवश्यक कार्वाही गरेर वातावरण निर्माण ।
४) सिमा क्षेत्रमा हुने बेथितिका गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न सुरक्षा निकाय र सचेत स्थानीयबासिबिच समझदारीपुणर् सहकार्य जरुरी छ । स्थानीय सरकारको समन्वयमा समझदारी र सहकार्यको वातावरण निर्माण गरिनुपर्छ ।
प्रस्तुत ४ बुँदामा शर्माले गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षकसँगै झापाका काम प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरिका झापा एसपी समेतको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।