२०८१ बैशाख १५ शनिबार

मेचीनगरमा बुलेट मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, बालिका घाइते

मेचीनगर । मेचीनगरमा बुलेट मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । शनिबार साँझ मेचीनगर नगरपालिका-५ घोडाधिनस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्बरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदल यात्रीहरू सोही ठाउँ का ५५ वर्षीया देविमाया बिक, नवीन बिकको छोरी ६ वर्षीया निशा बिकलाई  ठक्कर दिएको थियो । घाइते दुवैजनालाई  उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो ।

उपचारको क्रममा देवीमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । अर्का घाइते  निशाको नाकमा चोट लागेकोले उपचार भइरहेको छ । यता मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

२०८० फाल्गुन २०, आईतवार प्रकाशित 1 Minute 420 Views

ताजा समाचार