
काँकरभिट्टा । सशस्त्र प्रहरी बल काँकरभिट्टाले स्थानीयालाई खुकुरी प्रहार गर्दा ६ जना स्थानीय गम्भिर घाइते भएका छन् । मेचीनगर ७ को भानसा खोला उक्त घटना भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित गुल्म काँकरभिट्टाबाट खटिएको हो ।

सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले स्थानीयहरुमाथि पटक-पटक कुटपिट र अभद्र व्यवहार गरेको घटना नसेलाउँदै शुक्रबार साँझमा खुकुरी प्रहार गरेको स्थानीय हरि चौधरीले बताए । खुकुरी प्रहारको घटनाले सुरक्षा संयन्त्रको कार्यसम्पादनप्रति प्रश्न उठेको स्थानीय बताउँछन् ।
खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ भने हरि बातरको हरिको देव्रे हातको मुनी गम्भिर चोट लागेको छ । विशेष राजवंशीको हात कटिएको छ । आनन्द यादवको हात काटिएको छ ।
साथै, मिलन चापागाईंको हात कटिएको बताइएको छ । दिपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । ।
घाइतेलाई थप उपचारका लागि बीएण्डीसी अस्पताल लगिएको छ ।
यो घटनाको विषयमा सशस्त्र प्रहरीले आधिकारिक धारणा दिएको छैन् ।