२०८३ जेष्ठ २८ बिहीबार

चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने झापाका एक व्यक्ति पक्राउ

झापा । चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-४ घर भई हाल काठमाडौं साप्रेढुंगा बस्ने २७ वर्षीय अशोक कार्की रहेका छन् ।

उनले कृष्ण कुमार केसी लगायत ६ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने भनेर ३ लाख ८५ हजार रुपैयाँ लिएका थिए। त्यहाँ मासिक एक लाख रुपैयाँ कमाइ हुने आश्वासन दिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने बताएका थिए। रकम लिएपछि उनी बेपत्ता भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। अन्नपुर्ण पोष्टबाट

२०८० फाल्गुन १८, शुक्रबार प्रकाशित 1 Minute 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।