२०८१ बैशाख २२ शनिबार

मेचीनगरस्तरीय खेलकूद प्रतियोगिता फागुन २९ गतेदेखि

काँकरभिट्टा । मेचीनगर नगरपालिकामा यही फागुन २९ गतेदेखि नगरस्तरीय खेलकूद प्रतियोगिता हुने भएको छ ।

नगरपालिका अन्तर्गत खेलकूद विकास समितिले फागुन २९ गतेदेखि विभिन्न विधामा नगरस्तरीय खेलकूद प्रतियोगिता गर्ने भएको हो ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं नगर खेलकूद विकास समितिका सदस्यसचिव अनन्तप्रकाश वस्तीका अनुसार नगरको खेलकूद विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

नगर ओलम्पिकतर्फ फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथ्लेटिक्सका खेलहरू हुने उनले बताए ।

त्यस्तै, फुटबलतर्फ (महिला/पुरुष), भलिबलतर्फ (महिला/पुरुष), क्रिकेटतर्फ (महिला/पुरुष), कबड्डीतर्फ (महिला/पुरुष), बुद्धिचाल (खुला), करातेतर्फ (३०–३५ केजी, ४०–४५ केजी, ५०–५५ केजी र ६० केजी), बक्सिङ्गतर्फ (३०–३५ केजी, ४०–४५ केजी, ५०–५५ केजी र ६० केजी) र तेक्वान्दोतर्फ (३०–३५ केजी, ४०–४५ केजी, ५०–५५ केजी र ६० केजी) तौल समूहमा हुने जनाइएको छ ।

यस्तै, एथ्लेटिक्सतर्फ हाइजम्प (महिला/पुरुष), लङ्गजम्प (महिला/पुरुष), सटफुट (महिला/पुरुष), ज्याभलिन (महिला/पुरुष), रिले १००८४ (पुरुष – ४), रिले १००८४ (मिक्स २ महिला – २ पुरुष), १०० मि. (महिला/पुरुष), २०० मि. (महिला/पुरुष), ४०० मि. (महिला/पुरुष), ८०० मि. (महिला/पुरुष) र ३००० मि. (महिला/पुरुष) ले प्रतियोगितामा भाग लिनेछन् ।

फागुन २३ गतेभित्र नगरका १५ वटै वडाबाट खेलाडीहरुको छनौट प्रक्रिया पूरा गरेर आयोजकलाई बुझाइसक्नुपर्ने समितिका उपाध्यक्ष रविन ओझाले बताए ।

वडाबाट कराते, तेक्वान्दो र बक्सिङ्ग खेलका लागि प्रत्येक तौल समूहबाट १ जना महिला र १ जना पुरुष तथा फुटबल, क्रिकेट, भलिबल र कबड्डी खेलको पनि महिला र पुरुष दुवै टीम छनौट गरिने उनले जानकारी दिए ।

नगर खेलकूद विकास समितिका संयोजक हृदय राजवंशीका अनुसार प्रतियोगिताको विजेता टीम र खेलाडीहरुलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने छ ।

२०८० फाल्गुन १८, शुक्रबार प्रकाशित 0 Minutes 97 Views

ताजा समाचार