२०८१ बैशाख ३ सोमबार

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष , जनसम्पर्क उपाध्यक्ष , कोषाध्यक्ष , तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो ।

२०८० फाल्गुन १६, बुधबार प्रकाशित 0 Minutes 159 Views

ताजा समाचार