२०८३ जेष्ठ २८ बिहीबार

झापामा करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका ६ मिलनचौकमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलवार दिउसो २ बजेको समयमा स्थानीय २८ बर्षिय बुद्धराज लिम्बुको आफ्नो घरबाट ५०० मिटर नजिक्कै रहेको खेतमा जमेको खाल्डोको पानीमा मेनलाईनबाट करेन्ट लगाएर माछा मार्नेक्रममा अचानक करेन्ट लागि घाईते बनेको लिम्बुको उपचारका लागि लैजानेक्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक ढुडिराज गिरीेले बताए । घटनावारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।

२०८० फाल्गुन १५, मंगलवार प्रकाशित 0 Minutes 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।