काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलवार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिइएको छ ।
नेताहरुको कार्यविभाजन मंगलवार बसेको बैठकले टुंग्याएको र थप विषयबारे छलफल गर्न बुधवार पनि बैठक बस्ने पार्टी सचिव गणेश साहले बताए । अनलाइन खबर