२०८३ जेष्ठ २९ शुक्रबार

कनकाईमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कनकाई । कनकाईमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा कनकाई-८ खाडीबस्तीस्थित घैलाडुब्बाबाट लक्ष्मीपुर तर्फ जाँदै गरेको मे १ त ११५१ नम्बरको ट्याक्टरले विपरीत दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मिश्रलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए । यता इलाका प्रहरी कार्यालय घैलाडुब्बाले दुवै सवारीसाधनसहित ट्याक्टर चालक बिर्तामोड नगरपालिका- ४ निवासी ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ ।

२०८० फाल्गुन १५, मंगलवार प्रकाशित 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।