
मेचीनगर । मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् ।
मेचीनगरको कार्यपालिकाको पुस १८ गतेको बैठकले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईलाई फिर्ता पठाउने निणर्य गरेको थियो ।

गत असोज १ गतेदेखि मेचीनगर आएका चम्लागाईको प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । ।
२०७९ माघ ३, मंगलवार प्रकाशित
0 Minutes
2162 Views