२०८३ जेष्ठ २९ शुक्रबार

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नेकपा एसमा समाहित

झापा । स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गरेर बासूँ दुलालको नेतृत्वमा बनेको सो मोर्चा शनिबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा नेकपा (एस) मा समाहित भएको हो । नेकपा (एस)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।  कार्यक्रममा नेकपा एमाले, वैद्य माओवादी, राप्रपा र अन्य दलबाट ४० जना गरी ११० जना पार्टी प्रवेश गरेको नेकपा (एस) झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले प्रचण्ड नेतृत्वको सरकार बनिएको एक वर्ष बितिसक्दा पनि जनतालाई प्रत्याभूति दिने कुनै काम गर्न नसकेको आरोप लगाए । उनले क्रान्तिको ड्रम ठोक्ने नेताले नेतृत्व गरेको सरकारको नीति तथा कार्यक्रममा दलाल पुँजीपतिलाई पोस्ने खालका कार्यक्रम बाहेक केही नभएको आरोप लगाए । यो सरकार दलाल पुँजीपति वर्गको प्रभावमा रहेकोले जनपक्षिय काम गर्न नसकोको नेता खनालको तर्क छ । खनालले साम्राज्यवादीको षड्यन्त्रमा नेपालमा एमसीसी भित्र्याएको र अझै एसपीपी ल्याउने खेल भई रहेको भन्दै यो चिन विरुद्ध साम्राज्यवादीको घेराउ भएको र आरोप लगाए । एमसीसी ल्याएर नेताले जनतालाई धोका दिएको उनको भनाई छ ।

नेता खनालले भने, ‘व्यापक छलफल र सुझाव सङ्कलन सहित नयाँ क्रान्तिको कार्यक्रम बनाउँदै गरेको छौ, यो बार–बार बनाउने कुरा हैन, नेपाली विशेषताको समाजवाद अबको विकल्प हो ।’  ‘अब कम्युनिष्टशहरुको व्यापक धृबिकरण, एकता हुन्छ हुन्छ, जो नेता अहिले पनि जब भनिरहेका छन् वा २१ औँ शताब्दीको जनवाद भनिरहेका छन् उनीहरू किनारा लाग्न बाध्य हुनुपर्छ जनवाद कुनै शताब्दीको हुन्न युगको मात्र हुन्छ,’ उनले भने ।

२०८० फाल्गुन १२, शनिबार प्रकाशित 0 Minutes 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।