२०८३ जेष्ठ २९ शुक्रबार

मेचीनगरमा मोटरसाइकल दुर्घटना : दुई घाइते

मेचीनगर । मेचीनगर-७ आयबारीस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राती मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री र मोटरसाइकल चालक गम्भीर घाइते भएको छन् ।

दुर्घटनामा परी घाइते हुनेमा पदैल यात्री मेचीनगर-७ सतिघट्टाका रुपक घिमिरे र मोटरसाइकल चालक मेचीनगर-८ का बिमस अधिकारी रहेको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार इटाभट्टाबाट काँकरभिट्टा जादै गरेको मे ९ प १६०७ नम्बरको मोटरसाइल दुर्घटनामा परी घाइते भएका दुवैजनाको बिर्तामोडको बिएण्ड सी अस्पतालमा उपचार भईरहेको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पदैल यात्री घिमिरेको टाउकोमा चोट र दाइने खुट्टा भाचिएको छ भने मोटरसाइकल चालकको भने टाउकोमा चोट लागेको अस्पतालले जानकारी दिएको छ ।

मोटरसाइकल अस्थायी प्रहरी पोष्ट इटाभट्टाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी जवान बिदुर बनले बताए ।

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 1 Minute 591 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।