२०८१ बैशाख २१ शुक्रबार

परस्त्रीसँग श्रीमान् लाग्दा बुद्धशान्तिमा आमा-छोरीकै मृत्यु

बुद्धशान्ति । परस्त्रीसँग श्रीमान् लागेको भन्दै आत्मदाहको प्रयास गरेकी झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु भएको छ । ५ वर्षकी छोरी वर्षा विकलाईसँगै लिएर शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी बुद्धशान्ति गाउँपालिका-२ स्थित गोपालडाँडा घलेगाउँकी २८ वर्षीया मायाको उपचारका क्रममा बुधबार बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छोरी वर्षाको फागुन ५ गते बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

गत फागुन ४ गते राति साढे ८  बजेको समयमा मायाले श्रीमान् राजन अन्य महिलासँग सम्बन्धमा राखेको भन्दै छोरी वर्षालाई आफ्नै शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन् । आमाछोरीले शरीरमा आगो लगाएको स्थानीयले देखेर तत्काल प्रहरीलाई खबर गरेका थिए ।

त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते उपचारको लागि उनलाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो ।  प्रहरीले घटनास्थल नजिकै श्रीमानको बारेमा लेखिएको सुसाईड नोट फेला पारेको थियो ।  यता प्रहरीले श्रीमान् राजनलाई घटना भएकै दिन पक्राउ गरी अ

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 1 Minute 200 Views

ताजा समाचार