२०८२ बैशाख २९ सोमबार

भारतको सिलिगुडीबाट ठूलो परिमाणको चाइनिज लाइटर बरामद

काँकरभिट्टा । पूर्वी सीमावर्ती नाका काँकरभिट्टा हुँदै भारततर्फ चाइनिज लाइटरको तस्करी हुने गरेको रहस्य खुलेको छ ।

भारतको पश्चिम बंगाल प्रहरीले तस्करी गरी भित्र्याइएको ४० कार्टुन चाइनिज लाइटरसहित एक जनालाई सिलिगुडीबाट पक्राउ गरेसँगै उक्त रहस्य बाहिरिएको हो । पश्चिम बंगाल प्रहरी र स्पेशल अपरेशन ग्रुप (एसओजी) ले नेपालबाट लुकाईछिपाई ल्याइएको चाइनिज लाइटर खालपाडा इलाकाको एक गोदामबाट बरामद गरेको थियो ।

१ लाख २० हजार पिस लाइटरसहित गोदाम सञ्चालक ६० वर्षीय ललन महतोलाई पक्राउ गरिएको सिलिगुडी प्रहरीले जनाएको छ । त्यहाँस्थित प्रहरीका अनुसार बरामद गरिएको लाइटरको अनुमानित भारतीय बजार मूल्य करीब १२ लाख रुपैयाँ तोकिएको छ ।

सो लाइटर काँकरभिट्टा नाका हुँदै अवैध रुपमा सिलिगुडी ल्याइएको भारतीय प्रहरीले दाबी गरेको छ ।

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 0 Minutes 222 Views

ताजा समाचार