२०८३ जेष्ठ २९ शुक्रबार

आज देशभर बदली, काठमाडौंमा पानी पर्ला ?

काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार बुधवार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर, आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको अधिकारीले बताए ।

‘आज (बुधवार) तराई–पहाड सबैतिर देशभर नै बादल लागेको छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाका एक–दुई ठाउँमा फाट्टफुट्ट वर्षाको सम्भावना पनि छ । तर आजभन्दा भोलि (बिहीवार) झन् धेरै वर्षाको चान्स देखिन्छ ।’

बिहीवार तराई मधेशका जिल्ला र कोशीसहितका अरु पहाडी भू–भागहरुमा पनि वर्षाको सम्भावना रहेको मौसमविद अधिकारीले बताए । एक–दुई ठाउँमा मेघगर्जन पनि हुनसक्ने उनले बताए ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायु नेपालको पश्चिम भू–भागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ । अनलाइन खबर

 

२०८० फाल्गुन ९, बुधबार प्रकाशित 1 Minute 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।