२०८१ बैशाख २१ शुक्रबार

काँकरभिट्टा प्रहरी परिसरमा रोपियो ५ सय बढी सुपारीका बिरुवा

काँकरभिट्टा । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा मंगलवार सुपारीका ५ सय बढी बिरुवा रोपिएको छ ।

कार्यालयको करीब १ बिघा ११ कठ्ठा क्षेत्रफलमध्ये खाली जमिनमा सुपारीका बिरुवा रोपिएको कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।

कार्यालय प्रमुख भारती, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले संयुक्त रुपमा बिरुवा रोपेका हुन् ।

संस्थाका अध्यक्ष राजकुमार पराजुलीका अनुसार संस्थाले मुनाफाको २ प्रतिशत रकम सामाजिक दायित्व अन्तर्गत खर्च गर्ने नीति अनुसार बिरुवा उपलब्ध गराएको हो । प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत संस्था, केन्द्र र ईलाका प्रहरी कार्यालयको संयुक्त समन्वयमा बिरुवा रोपिएको छ ।

परिसरभित्र रहेको खाली जग्गालाई उपयोग गरी वातावरणलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन बिरुवा रोपिएको कार्यालयका प्रमुख भारतीको भनाइ छ ।

सुपारी उत्पादनबाट आर्थिक उपार्जन समेत हुने भएकाले बिरुवा रोपिएको जानकारी दिँदै उनले अन्य जातका बिरुवा पनि क्रमशः रोप्दै जाने बताए ।

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित 0 Minutes 281 Views

ताजा समाचार