२०८१ जेष्ठ ६ आईतवार

विश्वप्रकाशको प्रतिवेदन- चुनावी गठबन्धनबारे व्यक्तिगत भड्कावमा निर्णय हुनु हुँदैन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुन नहुने बताएका छन् ।

महासमितिको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा शर्माले कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा गठबन्धनमा जतिबेला पनि संकट आउनसक्ने औंल्याएका हुन् ।

प्रतिवेदनमा भनिएको छ, ‘के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र रहेर गतिविधि गर्न हामी स्वतन्त्र छैनौं । केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य संकटमा पर्नेछ । अन्य दलसँगको चुनावी या सत्ता गठबन्धन दल र दलका बीच संस्थागत निर्णयको आधारमा हुने हो । गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न । पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हन्छ । नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने बिषयमा संस्थागतरूपले स्पष्ट छ ।’

गोदावरीमा जारी महासमिति बैठकमा महामन्त्री शर्माद्वारा प्रस्तुत प्रतिवेदनको पूर्णपाठ-

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित 1 Minute 109 Views

ताजा समाचार