२०८३ जेष्ठ २९ शुक्रबार

झापामा ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ

झापाको अर्जुनधारामा लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका- ११ का ३७ वर्षीया शोभा श्रेष्ठले ब्राउन सुगरको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारि र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सोमबार राती सवा ८ बजेको समयमा उनको घरमा छापा मारेको थियो ।

प्रहरीले घर खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा ससाना पोका बनाइएको तीन पोका ब्राउन सुगर, ११ थान मोबाइल, नगद ३७ हजार रुपैयाँ, ४ थान पुराना घडी, २ थान ईयरबट, १ थान पावर बैङ्क फेला परेको थियो । सो घरको कोठाभित्र श्रेष्ठसँगै रहेका उनका १९ वर्षीय छोरा गोविन्द श्रेष्ठ, १८ वर्षीया बुहारी सन्ध्या चौधरी श्रेष्ठ र इलाम सन्दकपुर गाउँपालिका- ४ की २४ वर्षीया पलबी गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

श्रेष्ठको साथबाट बरामद भएको प्लास्टिकको पोका डिजिटल तराजुमा तौल गर्दा ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको र उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ ।

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित 1 Minute 364 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।