२०८१ जेष्ठ ६ आईतवार

कांग्रेस महासमिति बैठकको बन्दसत्र शुरू

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र शुरु भएको छ ।

सोमवार उद्घाटनसत्रसँगै सकिएको महासमिति बैठकको बन्दसत्र आज बिहान ११ बजेदेखि सुरु भएको हो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुनेछन् ।

अहिले उपसभापति एवं उपप्रधानमन्त्री खड्का पार्टीको नीति प्रस्ताव पेश गरिरहेका छन् ।

यस्तै, पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्ने सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमवारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । सेतोपाटी

 

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित 1 Minute 52 Views

ताजा समाचार