२०८१ जेष्ठ ६ आईतवार

भविष्यमा गठबन्धन गर्ने/नगर्ने निर्णय परिस्थितिका आधारमा हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने/नगर्ने भन्ने विषय परिस्थितिमा भर पर्ने बताएका छन् ।

सोमवार ललितपुरको गोदावरीमा आयोजना गरिएको महासमिति बैठकमा उनले गठबन्धनको औचित्य, सान्दर्भिकतालगायत विषयको मूल्यांकन र छलफलपछि निर्णय गर्ने बताएका हुन् ।

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकतालगायतका विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ,’ देउवाले बैठकमा भने ।

कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापाले २०८४ मा कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्न यही महासमितिको बैठकले पारित गर्नुपर्ने भनेर प्रस्ताव तयार गरेका छन् ।

सो विषयमा महामन्त्री थापा र सभापति देउवाबीच सोमवार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक समेत बसेको थियो । यद्यपि उनीहरूबीच सहमति नजुटेपछि बैठक फेरि बस्ने गरी स्थगित भएको थियो ।

उक्त बैठक महासमितिको उद्घाटन भएपछि बस्ने भनिएको थियो । सेतोपाटी

२०८० फाल्गुन ७, सोमबार प्रकाशित 0 Minutes 56 Views

ताजा समाचार