प्रजातन्त्र दिवस समारोहस्थलमा प्रवेश नदिइएपछि फोटोपत्रकारहरूले विरोधस्वपरूप ‘क्यामेरा डाउन’ गरेका छन्।
टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहको समाचार तथा तस्वीर संकलनका लागि गएका करीब २० जना फोटोपत्रकारलाई प्रवेश नदिइएपछि उनीहरूले सांकेतिक विरोध जनाएका हुन्।

सेतोपाटी, देशसञ्चार, अनलाइनखबर, हिमालखबर लगायत सञ्चारगृहका फोटोपत्रकारहरूलाई प्रवेश दिइएको छैन। सूचना विभागको परिचय पत्रका आधारमा समेत पत्रकारहरूलाई समारोहस्थलमा प्रवेश दिइएको छैन।


यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



