२०८१ बैशाख १७ सोमबार

आगामी आवको बजेट सिलिङ १८ खर्ब : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको बताएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रवार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।

‘खर्चको संशोधित अनुमान घट्नु बजेट कटौती होइन’

चालु आवको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नु बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए ।

पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको उनले जानकारी दिए ।

सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गर्दै समाचार छापेपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको मन्त्री महतले बताए । अनलाइन खबर

२०८० फाल्गुन ४, शुक्रबार प्रकाशित 0 Minutes 121 Views

ताजा समाचार