२०८१ मंसिर २६ बुधबार

रोकिएन लागुऔषध भित्रिने क्रम : १ सय ७ ग्राम ब्राउन सुगरसहित ३६ जना पक्राउ

काँकरभिट्टा । प्रहरीले सीमावर्ती भारतीय बजारबाट लुकाई छिपाई नेपाल भित्र्याइएको १ सय ७ ग्राम बढी लागुऔषधसहित ३६ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरोले संयुक्त जाँचका क्रममा उक्त परिमाणको ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपछि उनीहरुलाई आवश्यक कार्बाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।

उनका अनुसार यो वर्षको साउनदेखि माघसम्मको अवधिमा पक्राउ परेकाहरुमा लागुऔषधको सेवनकर्तासँगै ओसारपसारमा संलग्नसमेत छन् । उनीहरुको साथबाट ओसारपसारमा प्रयोग भएका २ वटा स्कूटी र ३ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको डिएसपी भारतीले बताए ।

पक्राउ पर्नेहरुमध्ये १ जना भारतीय नागरिक र २ जना महिलासमेत छन् । तीमध्ये २ जना नाबालक(१८ वर्षमुनी) छन् भने २ जना पुरुष फरार रहेका कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पक्राउ पर्नेमध्ये अधिकाँश १८ वर्ष, १९ देखि ३५ वर्ष, ३६ देखि ५० र ५० भन्दा माथि उमेर समूहका छन् भने १ जना ५१ देखि ७० वर्ष उमेर समूहकासमेत छन् । पक्राउ गरिएकामध्ये २९ जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी कार्बाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, १९ जनालाई सजाय भुक्तान गर्न पुर्पुपक्षका लागि कारागार चलान गरिएको छ । प्रहरीका अनुसार तीमध्ये १० जना धरौटीमा छुटेका छन् भने १ जना सादा तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेका २३ जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

लागुऔषध ओसारपसार, सेवनजस्ता गतिविधि नियन्त्रण गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिएको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल बताउँछन् ।

प्रहरी, जनप्रतिनिधि, मेची सामुदायिक सेवा केन्द्रलगायत सामाजिक क्षेत्रमा क्रियाशील संघ–संस्थाहरुसँग समन्वय गरेर विद्यालय, टोल विकास संस्था र विभिन्न सरोकारवाला निकायसँग अन्तक्र्रिया, छलफललाई निरन्तरता दिइएको उनको भनाइ छ ।

“लागुऔषधले मात्रै नभई मादक पदार्थ सेवनका कारण पनि समाजमा विकृति विसंगति बढ्दोक्रममा छ, आपराधिक घटना भइरहेका छन्”, अध्यक्ष पौडेलले भने, “यसलाई नियन्त्रण गर्न सबैपक्ष सचेत बन्न जरुरी छ ।”

२०८० फाल्गुन ३, बिहीबार प्रकाशित 0 Minutes 439 Views

ताजा समाचार